आज देशभर थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ७५ हजार ८४ पुगेको छ । आज १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ७१ जनालाई संक्रमण देखिएको हो ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितको मृत्यु भएको छ। यससहित नेपालमा मृतकको संख्या ६३६ पुगेको छ।