बझाङमा एक महिलाद्वारा झुण्डीएर आत्महत्या

0
Shares

न्युज अफ नेपाल, बझाङ ।

बझाङमा एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्नेमा तलकोट गाउँपालिका वडानं ४ पनाल्त बस्ने अन्ताजी २३ बर्षकी जंगमती बोहरा जेठारा रहेको प्रहरीले जनाएको छ । उनले घर नजिकैको रुखमा झुण्डीएर आत्म हत्या गरेको अवस्थामा स्थानीयहरुले फेला पारेको बताए ।

हिजो शनिबार बिहान घाँस काट्न जान्छु भनी घरबाट निस्केकी जंगमती बोहरा जेठारा अबेर सम्म घर नआई पुग्दाँ ,परिवारले खोजी गर्दा आज आईतबार बिहान घरबाट करिब डेढ सय मिटर पर रुखमा झुण्डीएको अबस्थामा फेला पारेको स्थानीय गोरख बहादुर जेठाराले बताए । उनले भने घटना के कति कारणले भएको हो हामीलाई एकिङ्गरुपमा थाहा भएन गाउँमा घटना भयो भनी हल्ला भए पछि बुझ्न खोज्दाँ झुण्डीएको अवस्थामा फेला पारेको गाउँलेले बताए ।

मृतक बोहराको एक महिनाको नाबालक बच्चा पनि रहेको छ र श्रीमान ६ महिना देखि छिमेकी जिल्ला बाजुरामा क्रिष्चियन धर्ममा काम गदै आएको र श्रीमान आएको हप्तादिन भित्रै घटना घटेको मृत्ककी दिदी कल्पना बोहराले बताईन् । बाँकी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बझाङको प्रहरी टोली घटना स्थल गई पोष्टमाटमका लागी जिल्ला अस्पताल ल्याउने कार्य भैरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिङं कार्कीले बताए । उक्त घटना के भएको हो कसरी भएको हो भनी स्थलगत अनुशन्धान भैरहेको बताए ।