बागमती प्रदेशमा कोरोना संक्रमतिको संख्या उच्च

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४५ दशमलब ३६ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् ।

हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको कोरोना संक्रमतिको सख्या ४७ हजार ९ सय ४१ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशमा एकै

दिनमा तीन हजारसम्म संक्रमतिहरु ब्ढ्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । परिक्षणको दायरा बढाएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढेको हो । पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५७ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

प्रदेशमा २७ हजार ३ सय ७२ जना कोरोना संक्रमित उपचार पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै भन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् ।