नेकपा र राप्रपाका ४५ जनाले गरे कांग्रेस प्रवेश

0
Shares

बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट भेरी नगरपालिका ७ पुन्माका पुर्व गाउँ जनसरकार प्रमुख सहित सत्तारुढदल नेपाल कम्युनिष्ट पाटी नेकपा र राष्टि̯य प्रजातन्त्र पाटी का ४५ जना नेता कार्यकर्ताले नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काग्रेस भेरी नगरपालिका ७ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा तत्कालीन पुन्मा गाँउ जनसरकार प्रमुख विर बहादुर चन्द, वडा प्रमुख तुलाराम पुन नर वहादुर थापा काली बहादुर वली,गोपाल परियार शशु कामी लगाएतका ४५ जनाले काग्रेसमा प्रवोश गरेका हुन् ।

नेता कार्यकर्ता भेटघाट गर्दैैै गाउँ दौडाहाको अभियान संचालन गरेका पुर्व सभासद समाजसेवी नेपाली काग्रेसका नेता राजिव विक्रम शाह सनत कुमार कार्की, बेदराज सह तेज विक्रम शाह लगाएतका नेताहरुले नवप्रवेशीलाई स्वागत गर्दै पाटी सदस्यता दिएका थिए ।

पाटी प्रवेश कार्यक्रममा वोल्दै पुर्व सभासद एवं नेपाली काग्रेगका नेता राजिव विक्रम शाहले नेपाली काग्रेसले जे गर्छ त्यहि वोल्छ जनतालाई नहुने झुठ्ठा आश्वासन बाँडदै हिड्न जान्दैन बर्तमान नेकपाको सरकार देखि सक्नु भएको छ स्थानिय तह देखि केन्द्र सरकारले संचालन गर्ने गतिविधिमा भष्टाचार अनियामितता, चरम लुटतन्त्र चलिरहेकोले जनताले मुल्याकन गरिरहेको बताउदै सचेत जनतालाई कसैले झुक्याउन नखोजे हुन्छ नेता शाहले भन्नु भयो । बर्तमान सरकारले जनताको मतको कदर गर्न नसकेको वताउदै लोकतान्त्रिक प्रणालीमा जनता सर्वोपरि हुन जनताको भावना र मर्म अनुसार काम गर्न नसक्दा नागरिकले काग्रेस प्रवेश गर्न थालेको वताउनु भयो ।

नेपाली काग्रेस जाजरकोटका पुर्व सभापति सनत कुमार कार्कीले कम्युनिष्टलाई सत्ता उन्माद लुटतन्त्र संचालन गरेकोले काग्रेस प्रवेशमा जनलहर चलेको वताउनु भयो । बर्तमान कम्युनिष्ट सरकारले नागरिकका चाहाना भावना वुझेर काम गर्न नसक्दा कम्युनिष्टले कम्युनिष्टलाई नै सिध्याउन लागेको बताउनु भयो ।

जनताको भावना चाहाना मर्म अनुसार काम गर्ने लोकतान्त्रिक पार्टी नेपाली काग्रेस भएकोले नेकपाका गलत रवैयाका काराण देश व्यापी रुपमा नेपाली काग्रेसमा प्रबेश गर्ने लहर चलेको नेपाली काग्रेसका नेता बेदराज सिहले वताउनु भयो ।

नवप्रबेशी पुर्व गाउँ जनसरकार प्रमुख विर बहादुर चन्दले जनु कुरा सोचेर जनयुद्धमा होमिएका थियो कम्युनिष्टको दुई तिहाई सरकार हुदापनि पुरा हुन सकेन्न जनताका ईच्छा चाहाना भावनाको कदर नहुदाँ एउटा वोल्ने अर्को व्यवहार गरेकोले नेकपा छाडेर नेपाली काग्रेसमा प्रवेश गरेको बताउनु भयो । कम्युनिष्ट सरकारलाई सत्ताको उन्माद चढेकोले झुटको राजनिति धेरै समय नटिक्ने भएकोले नेकपा पतनको दिशा तिर उन्मुख भएको चन्दको भनाई छ ।