डा.केसीले अनसन तोडेसँगै चिकित्सकसंघले सम्पूर्ण आन्दोलन फिर्ता लियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २८ दिन देखि आमरण अनसन बस्नु भएका डा.गोविन्द केसीले अनसन तोडे लगत्तै नेपाल चिकित्सक संघले घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिईएको जनाएको छ ।

संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्ती भनिएकोछ-‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा २४ गते राती नेपाल सरकार र डा. के.सी. बीच सम्झौता भएकोले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।’

नेपाल चिकित्सक संघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम सर्वसाधारण नागरिकहरु लगायत विभिन्न संघ संस्थाहरुले जाहेर गर्नु भएको ऐक्यबद्धता र समथर्नप्रति यस संघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।