मोनोक्लोनल एन्टिबडीको सहायतामा ट्रम्पले मात्र ९ दिनमा कोविड १९ लाई हराए


वासिंगटन (एजेन्सी) ।

कोविड १९ महामारी विश्वभरी फैलिएको ९ महिना नाघिसकेको छ । यसले कसैलाई छोडेको छैन । विश्वका सबैभन्दा शक्तिशाली ब्यक्तीमा पर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यसले आफनो चपेटामा पारे ।

अहिलेसम्म विश्वभरी यस संक्रमणबाट मर्नेको सख्या १० नाघिसकेको छ । यसका बावजुद डोनाल्ड ट्रम्पले मात्र ९ दिनको उपचारपछि यस संक्रमणबाट उन्मुक्ती पाएको छ । कोविड १९ संक्रमणको दुई हप्ता नवित्दै ट्रम्प सार्वजनिक कार्यक्रममा समेत सहभागी भइसकेको छ ।

अब उनी आफ्ना पुर्व कार्यक्रम अनुसारका चुनावी र्यालीहरुलाई संम्बोधन गर्न सक्ने भइसकेको बताइएको छ । कोविड १९ लाई कुनै महत्व नदिने ट्रम्पले सबैभन्दा कम समयमै त्यसलाई हराइदिएको छ । ७४ बर्षिय ट्रम्प विरुद्ध उनको उमेर मात्र होइन उक्त रक्तचाप, मोटापना र अन्य रोग थिए, जसले कोविड १९ लाई गम्भिर बनाउन सक्थ्यो ।

गत सोमबार राष्ट्रपतिको रक्त नमुना लिइएको थियो । त्यसमा रक्षात्मक एन्टिबडी देखिएको छ । फार्मा कम्पनीका अनुसार यो रिजेनेरनको एन्टिबडी थेरापीको असर थियो । ट्रम्पले पनि बुधबार भिडियोमा रिजेनेरन फार्माको एक्सपेरिमेन्टल थेरापीले नै आफु ठीक भएको दावी गरेका थिए । अब औषधी कम्पनीले संघिय नियामकसँग आपतकालिन प्रयोगका लागि एन्टिबडी उपचारलाई अनुमति दिन अपिल गरेको छ ।

कोविड १९ विरामीलाई ठीक पार्न नयाँ नयाँ एक्सपेरिमेन्ट्स प्रयोग भइरहेको छ । शरीरमा भाइरस गणना र स्वास्थ्य लाभको समय कम पार्ने प्रयास पनि भइरहेको छ । अमेरिकी औषधी कम्पनी रिजेनेरनको उपचार यो समयमा प्रयोग कै दौडमा छ ।
रिजेनेरनले दुई मोनोक्लोनल एन्टिबडीको मिश्रण रेगन कोव२ बनाएको छ ताकी कोविड १९ को प्रमुख कारक सार्स कोव २ को असर गर्ने क्षमतालाई त्यसबाट रोक्न सकुन् ।

रेगन कोव २ विकसित गर्न वैज्ञानिकहरुले हजारौं मानव प्रतिरोधात्मकको मुल्यांकन गरेका छन् । कम्पनीले एक मुसामा मानवमा जस्तै इम्युन सिस्टम विकसित गर्न आणुवशिक परिवर्तन पनि गरेको छ । त्यसबाट उनीहरुले मानव प्रतिरोधात्मक अर्थात ह्युमन एन्टिबडी लिए । जुन ब्यक्ती कोविड १९ बाट ठीक भइसकेका थिए उनीहरुको शरीबाट पनि एन्टिबडी लिए ।

यो थेरेपीमा दुई मोनोक्लोनल एन्टिबडी रेगन१०९३३ र रेगन १०९८७ को प्रयोग गरिन्छ जुन सार्स कोव २ भाइरसलाई निस्क्रिय बनाउँछ । यसबाट शरीरमा फैलिने भाइरसको क्षमता अवरुद्ध हुन्छ र संक्रमणको अवधि कम हुन्छ ।

मोनोक्लोनल एन्टिबडीको प्रयोग पहिलो पटक भएको होइन । यसअघि केही क्यान्सर विरुद्ध पनि यसको प्रयोग गरिसकेको छ । मोनोक्लोनल एन्टिबडी हाडमासीको प्लाज्मा कोषहरुबाट निकालिन्छ ।

यसलाई विशेष गरी भाइरसलाई निसाना बनाउन र शरीरको प्राकृतिक प्रतिरोधात्मक क्षमताको नक्कल तयार पार्न विकसित गरिएको हो । एन्टिबडी उपचार यसअघि रेबिज, हेपाटाटिस बीमा पनि गरिएको छ तर कुनै ठोस नजिता देखिएको थिएन  ।

एन्टिबडी उपचारले खोप उपलब्ध नभएसम्मका लागि सुरक्षाको दुरी हटाउन सक्ने वैज्ञानिकहरुको धारणा रहेको छ । यसलाई बनाउन पनि सजिलो छ र यसको असर पनि राम्रै हुन्छ । यो खोपले राम्रो काम नगरेको समुहमा पनि राम्रो नतिजा दिन सक्छ ।

एन्टिबडी उपचारमा प्रयोग हुने औषधी र विधि शरीरको इम्युन रेस्पोन्सलाई बलियो पार्छ, तर यसको कुनै साइड इफेक्ट हुँदैन भन्ने कुनै प्रमाण छैन । प्लाज्मा थेरापी जस्तै एन्टिबडी उपचार वा औषधी पनि कोविड १९ सँग लडिरहेका प्रत्यक विरामीका लागि सही हुँदैन । एलर्जी, टाक्सिसिटी, रिंगटा लाग्ने वा अन्य साइड इफेक्टको खतरा कायम रहन्छ ।