ब्राड पिट महिलाका कारण समस्यामा


हलिउड अभिनेता ब्राड पिट एक महिलाका कारण समस्यामा परेका छन्। युएस टेक्सासकि केलि कृस्टिना नामकी महिलाले ब्राडले आफुसँग विवाहको वाचा गरी धोका दिएको र पैसा उठाएको आरोप लगाएकी छिन्।

यस मामलामा ती महिलाले ब्राडमाथी एक लाख डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको अमर उजालाको अनलाईन संस्करणले जनाएको छ। महिलाका अनुसार दुई वर्ष अघि एक च्यारिटी शोको सिलसिलामा ब्राडसँग उनको भेट भएको थियो।

आफुहरुको सम्बन्ध सुरु हुनुका साथै ब्राडले आफुसँग विवाह गर्ने वाचा गरेको उनले बताएकी छिन्। साथै उनले दुई वर्षको अन्तरालमा ४० हजार डलर पठाएको बताएकी छिन्।

ब्राडले पनि यस मामलामा अदालतमा आप्mनो पक्षमा भनाई राखेका छन्। ब्राडका अनुसार उनले केलिसँग कुनै पनि किसिमको वाचा नगरेको र आफुले पैसा पनि नलिएको बताएका दाबी गरेका छन्।

केही समययता अभिनेत्री एन्जिना जोलिका साथ सम्बन्ध बिच्चेद गरेर चर्चामा आएका ब्राड फेरि उक्त महिलासँगको सम्बन्धका कारण चर्चामा छन्।