मुसा लाग्न थाले हलमा


हेटौंडा, (नेस)।

झन्डै ७ महिना लामो अवरोधपछि जीवन सामान्य लयमा फर्किंदैछ। सार्वजनिक क्षेत्र पुनसञ्चालनमा आउन थालेपछि बजारमा चहलपहल छ। धेरैजसो व्यबसाय चल्मलाउँदा पनि सिनेमा क्षेत्र अभैm बन्द छ।
हाल सिनेमा हल पुग्दा वर्षौंदेखि बन्द भएको गुम्सिएको महलजस्तै महसुस हुन्छ। सयौंको संख्यामा दिनहँु भीड हुने ठाउँ सुनसान छ। हेटौंडामा बन्द रहेका दुई हलमा मुसाले घर रजाईं गरिरहेको छ। हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ। करोडांै लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ। हेटौंडा–४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ। कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ। हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ। हलका करिब ३५ देखि ४० सिट मुसाले टोकेर काम नलाग्ने अबस्थामा पु¥याएको छ।
‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो। जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन्’ हल सञ्चालक नवराज आचार्य भन्छन्। हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि आचार्य चिन्तित छन्। प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए। यसरी नै मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोखे। मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन पनि हलमा मुसाले दुःख दिइरहेको बताउछन्। ‘करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ। कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ’ उनी भन्छन्। अब पनि सञ्चालन नभए फिल्म क्षेत्रदेखि सञ्चालकहरु उँभो लाग्न निकै समय लाग्ने निश्चित रहेको उनी बताउँछन्। स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस्् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छ। स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालन अनुमति दिन उनीहरुले सरकारसँग अनुरोध गरेका छन्।
हल सुरक्षित छ भन्ने सन्देश जानु जरुरी रहेको एनएस सञ्चालक आचार्यले बताए। ‘अब पनि नखोले बैंकको किस्ता तिर्नुपर्ने हल सदाका लागि बन्द हुन बेर लाग्दैन। यसले कयौं जनशक्तिलाई थप मर्कामा पार्नेछ,’ उनले भने ‘विद्युत् महसुलमा जरिवाना देख्दा निकै नै दुःख लागेको छ।’ यतिबेला आम्दानी नभएको र त्यसमाथि विद्युत्ले कारबाहीसहित महसुल मागेको आचार्यले गुनासो गरे। पुरानो हल ओम हलमा २०७५ साल साउनमा आगलागी भएको थियो। २०७६ वैशाखमा नयाँ प्रविधिसाथ हल पुनर्संञ्चालनमा आएको थियो। आगलागीबाट तीन करोड नोक्सान भएको थियो भने नयाँ प्रविधिसहित ल्याउँदा तीन करोडकै लगानीमा पुनर्संञ्चालनमा आएको सञ्चालक महर्जनले जानकारी गराए। कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन। यस क्षेत्र कोरोनाबाट अतिप्रभावित क्षेत्रको सूचीमा पनि परेन। तर यस क्षेत्रका निर्देशक, कलाकार तथा हल सञ्चालकको पीडा भने बढ्दो छ।
दर्शकहरु पनि यही गुनासो गर्छन्। कोरोनाका कारण मनोरञ्जन छुटेको हेटौंडाकी पूर्णिमा लामाले बताइन् । ‘हलमै बसेर फिल्म हेर्दा खुशी नै बेग्लै हुने गर्दछ,’ उनको अनुभव छ । दर्शकमात्र होइन, यतिबेला हेटौंडाका हल सञ्चालक पनि कम पीडामा छैनन्। उनीहरु टाउकोमा हात लगाइरहेका छन्। ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशतमात्र दर्शक राखेर सिनेमा हल खोल्न पाउने वातावरण भए हुन्थ्यो,’ सिनेमा हल सञ्चालक भन्छन्।