गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

0
Shares

नेपाल समाचारपत्र, ताप्लेजुङ
रक्तश्रावका कारण जीवन जोखिममा परेकी ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकी ३५ वर्षीय गर्भवतीलाई हेलिकोप्टरमार्फत बुधबार उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको छ ।
आठराइ त्रिबेणी गाउँपालिका–३ हाङ्पाङकी गर्भवती चन्द्रकला बिकलाई राष्ट्रपति निःशुल्क हवाई उद्धार सेवा कार्यक्रममार्फत उद्धार गरी उपचारका लागि लगिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो । गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि प्रशासन कार्यालयले उद्धार गर्न नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा अनुरोधपत्र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका सदस्य समेत रहनुभएका जिल्ला सभापति इन्द्रबहादुर गुरुङको कथन छ । उहाँका अनुसार आर्थिकरूपमा अति विपन्न महिलाका श्रीमान्को बोल्न सक्नुहुन्न ।
उपचारका लागि अस्पतालमा भर्ना भएकी गर्भवतीलाई यसअघि नै विभिन्न दातामार्फत ४ पोका रगत दिइसकिएको रेडक्रसका जिल्लामन्त्री विकास गौतमको भनाइ छ । ब्लड बैंक नभएको ताप्लेजुङमा रक्तदाता खोजेर रगतको अभाव टार्ने गरिन्छ । जिल्ला रेडक्रस सोसाइटीले रक्तसमूहअनुसारका व्यक्तिको पहिचान गर्ने गरी नामावली अध्यावधिक कार्य गर्दै आइरहेको छ । स्थानीयबाहेक रक्तसमूह मिलेका राष्ट्रसेवक, जंगी, नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले समेत अभावका बेला मिल्दो समूहको रगतदान गर्दै आइरहनुभएको उहाँको कथन छ ।
ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार पेटमा ३० हप्ताको गर्भवती ती महिलामा प्लासेन्टा पृभियाको समस्या रहेको छ । ‘पेटमा रहेको बच्चाको धड्कन सुन्निएर निरन्तर रक्तश्राव भइरहने समस्याले चन्द्रकलाको जीवन जोखिममा रहेको डाक्टर लामा बताउनुहुन्छ ।