अनशनको २४औं दिनमा २४ मिनेट धर्ना

0
Shares

हेटौंडा, (नेस)
नेपालको स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९औं पटक आमरण अनशन बस्नुभएका डा. गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्यकार तथा लेखकहरु सडकमा उत्रिएका छन् ।
डा. केसी आमरण अनशनमा बसेको २४औं दिन भएकोले साहित्यकारहरुले प्रशासनमा २४ मिनेट धर्ना दिए । साहित्यिक संस्थाहरुको सञ्जालको आयोजनामा डा. केसीको पक्षमा साहित्यकारहरुले ब्यानरसहित हेटौंडा बजारका विभिन्न स्थानमा ¥याली गरेका हुन् । साहित्य संगम मकवानपुरको भवन भैरवरोडबाट शुरु भएको ¥याली बजारको विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
उहाँहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । कार्यक्रममा साहित्य संगम मकवानपुर, आँचल साहित्य कलापुञ्ज, झरना साहित्य परिवार, गजल मञ्च, मातृभूमि साहित्य समाजलगायत संघसंस्थाको सहभागिता थियो ।