भट्टराई दम्पतीद्वारा प्लाज्मा रगत प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल
कोरोना भाइरसबाट संक्रमितपछि निको हुनुभएका रुपन्देहीका एक भट्टराई दम्पतीले बुटवलको धागो कारखानाको आईसीयूमा उपचाररत बिरामीलाई प्लाज्मा रगत प्रदान गर्नुभएको छ ।
औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सामाजिक अभियन्ता तथा युवा व्यवसायी सुरज भट्टराईको परिवारले बुधबार प्लाज्माका लागि रगतदान गर्नुभएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका कोषाध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।
सुरजकी धर्मपत्नी पुष्पाले पहिलोपटक रक्तदान गर्नुभएकोमा पहिलोपटक नै कोरोना संक्रमितका लागि रगत दान गर्नुभएको हो । भट्टराई दम्पतीले ओ पोजेटिभ र बी पोजेटिभ रगतदान गर्नुभएको हो ।
उहाँहरु दुवैजना केही दिनअघि मात्र कोरोना संक्रमितबाट मुक्त हुनुभएको हो । कोरोना संक्रमितबाट निको भएकाहरुबाट लिइएको रगतबाट कोरोना संक्रमितलाई प्लाज्मा चढाउँदँ प्रभावकारी हुने भएकाले नै यो अभियानमा संक्रमणबाट निको भएकाहरुले मानवीय सेवालाई ख्याल गर्न जरुरी रहेको छ ।