अबैध रुपमा माछा मार्ने छ जना स्याङ्जामा पक्राउ


भूपराज बस्याल,स्याङ्जा ।

चापाकोट नगरपालिका वडा नं ५ ज्याग्दीखोलामा बिष्फोटक पदार्थ पड्काई माछा मारेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत सहितको टोलीले माछा मार्नेहरुबाट वारूद ५ ग्राम, ९ से।मि। लम्वाई भएको फ्यूज थान १, १४ से।मि। आलमोनियको खाली पाईप थान(४, १० से।मि। आलमोनियमको खाली चारपाटे पाईप थान ( १, १४ से।मि। आलमोनियएको तारले बाधिएको खाली पाईप थान १, कालो वेल्डिङ तार १ रोल, पिलास थान १ बरामद गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा पाल्पाको रामपुर नगरपालिका वडा नं ३ बस्ने ३० वर्षीय बलराम राना, वडा ४ बस्ने ३४ वर्षीय प्रविन थापा, सोही वडा बस्ने ३५ वर्षीय बद्री थापा, वडा नं ५ बस्ने २६ वर्षीय विमल थापा, स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं १ बस्ने २७ वर्षीय झक बहादुर थापा र सोही वडा बस्ने २४ बर्षीय शिखर थापा रहेका छन् ।

पक्राउ परेकाहरुलाई “बिष्फोटक पदार्थ सम्बन्धी कसुर” मुद्धामा मुद्धा दर्ता गरी आज स्याङ्जा जिल्ला अदालतबाट दिन २५ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको अधिकारीले जानकारी दिनुभयो ।