मन्त्री भट्टराई ताप्लेजुङ आउँदै


दिलकुमार लिम्बू, ताप्लेजुङ ।
ताप्लेजुङ ताप्लेजुङको उत्तरी सीमा चीनसंग जोडीएको नागा फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङ गोलामा रहेको मौवाटारमा आउट बोर्डर पोष्ट (बिओपी) उद्धघाट गर्न पर्यटनमन्त्री योगेशकुमार भट्टराई आज ताप्लेजङ आउने भएको छ ।

गृह सचिव र दुई सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान साढे ७ बजे ताप्लेजुङको सुकेटार बिमानस्थल आइ पुग्ने कार्यसूची रहेको छ । टोली बिहान ८ बजे सुकेटारबाट ओलाङ्चुङगोलातर्फ प्रस्थान गर्ने छ । मौवाटारमा स्थापना हुने बिओपीका लागि त्यहाँ भौतिक संरचना नबने सम्म अहिले भने ओलाङ्चुङगोलामै बिओपी टोली रहने छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा तत्काललाई २१ देखि ३५ जनासम्मको बिओपी टोली गोलामा स्थापना हुने छ । मौवाटारमा संरचना बनीसकेपछि भने गोलाको बिओपी टोली मौवाटारमा स्थानान्तरण हुने छ ।

उद्घाटन कार्यक्रम सक्नासाथ मन्त्री भट्टराइसहितको टोली सुकेटारका लागि प्रस्थान गर्ने छ। सुकेटारमा दिवाखानाको प्रवन्ध भइरहँदा इन्धन भर्न हेलिकोप्टर बिराटनगरसम्म गएर फेरी सुकेटार फर्कने छ भने ताप्लेजुङको कार्यक्रम सक्नासाथ संखुवासभाको किमाथाङ्कामा बिओपी भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।