कोरोनालाई केही बोल न


विश्वभर भयावह रूप लिएको कोरोना भाइरसले विश्वभर अर्को महामारीलाई जन्म दिइरहेको छ, मानसिक रोग। यसबाट कति मानिस प्रताडित भएका छन्, कुनै तथ्यांक छैन। कोरोनाले धेरै मानिसलाई चिन्ता र एकान्तमा पु¥याएको छ, जसका कारण धेरैमा मानसिक समस्या देखिन थालेको छ।

हरेक दिन कोरोनाको संक्रमणबाट सयौं मानिसको मृत्यु, आइसोलेसन र भय पैदा हुँदा विश्वव्यापीरूपमा मनोवैज्ञानिक चोट उत्पन्न भएको छ। जसका कारण डिप्रेसन, दुव्र्यवहार र आत्महत्या जस्ता समस्या बढेका छन्। यसबाट नेपाल पनि अछुतो छैन। यस्तैमा, कोरोनाले निम्त्याएको मानसिक समस्यालाई गायक विनीत श्रेष्ठले केही बोल न बोलको गीतमा उतारेका छन्।

युट्युबमार्फत सार्वजनिक भएको गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत छ। भिडियोमा एक युवतीलाई एक्लोपनले सताउँदाको पीडा देखाइएको छ। कलात्मक शैलीमा खिचिएको भिडियोमा कृष्टि पौडेल फिचर छिन्। उनको अभिनय मन छुनेछ। बाबु श्रेष्ठले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन्।

अभि श्रेष्ठद्वारा निर्देशित भिडियोमा दीपेन्द्र ठकुरीको कोरियोग्राफी छ। सारंगीको धुनले गीतलाई थप मिठासपूर्ण बनाएको छ। अहिलेको समयमा धेरैले भोग्दै आएको समस्यालाई गीतमार्फत भन्न खोजिएको गायक श्रेष्ठले बताए। युट्युबमा गीत सार्वजनिक भएसँगै दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ। मानसिक समस्यामा रहेकालाई गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गायक श्रेष्ठको विश्वास छ।