काली भएर पनि खुसी छु ः चित्रांगदा

0
Shares

बलिउडमा पछिल्लो केही महिनायता फिल्मी विषयभन्दा पनि अन्य मुद्दाले चर्चा पाउन थालेका छन्। यहीबीच हालै एक अर्को मुद्दा थपिएको छ रंगभेदको।
केही दिनअघि बलिउडका किङ खान शाहरुख खानकी छोरी सुहाना खानले आफ्नो छालाको रङको विषयमा सामाजिक सञ्जालमा रहेको आफ्नो फोटोमा मानिसहरूले भद्दा कमेन्टको स्क्रिन सट राखेर धारणा राखेकी थिइन्। त्यसपछि लगातार उनकी आमा गौरी खान तथा केही कलाकारले यसबारे आप्mनो धारणा राखिरहेका छन्। अभिनेत्री चित्रांगदा सिंहले पनि यस विषयमा सामाजिक सञ्जालमा फोटो राख्दै बलिउडमा चलिरहेको रंगभेदको मुद्दामा प्रतिक्रिया दिएकी छिन्। उनले आप्mना केही फोटो राख्दै लेखेकी छन्– ‘म काली छु र पनि खुुुसी छु।’
सामाजिक सञ्जालमा निकै सक्रिय रहने चित्रांगदा विभिन्न मुद्दामा निडररूपमा आप्mनो धारणा राख्ने गर्छिन्। उनले आप्mनो छालाको रंगबारे भने पहिलोपटक बोलेकी हुन्। उनले आप्mना फोटोका साथ राखेको सानो क्याप्सन्ले रंगको विषयलाई लिएर ट्रोल बनाउनेहरूलाई ठूलो जवाफ दिएको छ।