७० जनाद्वारा रक्तदान

0
Shares

काठमाडौं, (नेस)
ललितपुरको कुसुन्तीमा आयोजिक खुला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन सो रक्तदान कार्यक्रम गरिएको विश्वेश्वर संरक्षण समितिका अध्यक्ष सुवर्ण विष्टले बताउनुभयो ।
शनिबार कुसुन्ती हाइट विष्ट पाखा समुदायद्वारा आयोजित कार्यक्रममा विभिन्न ७० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
विश्वेश्वर संरक्षण समितिका अध्यक्ष सुवर्ण विष्ट, विश्वेश्वर महिला समूहका अध्यक्ष इन्दिरा काफ्लेले अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल ब्लड बैकसँग सहकार्य गरी कार्यक्रम गरेका हुन् । कार्यक्रम राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालको अध्यक्षतामा भएको थियो ।