काठमाडौँ र पोखरामा डा.केसी बचाउ अभियानमा एकैपटक र्याली हुने


न्युज अफ नेपाल, काठमाडाैँ ।

डा. गोविन्द केसी को जीवन रक्षा को माग गर्दै आज दिउँसो १ बजे बाट ३ बजे सम्म त्रि.वि. शिक्षण अस्पताल का आवासीय चिकित्सकहरु कोभिड र इमर्जेन्सी बाहेक को सम्पूर्ण गतिविधि छोडेर त्रि.वि. अस्पताल देखि महाराजगंज सम्म शान्तिपूर्ण रयाली गर्ने कार्यक्रम तय गरेका छन् ।

त्यसैगरि पोखरामा पनि आजै डा.केसी बचाउ अभियानमा दिउँसो १ बजे र्यालीको आयोजना गरिएको आवासिय चिकित्सकहरुले जनाएका छन् ।

साथै आईतबारदेखि चिकित्सकको सल्लाह बमोजिम कोभीड(१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै डा केसीसँग बाहिर बाट आउने आगन्तुकहरुलाई भेटघाटमा रोक लगाइएको जनाएकोछ ।