माया आउन नजिक भन्दै ५ वर्षपछि फर्किइन् सीमा



गायिका सीमा संग्रौला ५ वर्ष लामो अन्तरालपछि माया आउन नजिक बोलको गीतका साथ पुनः सांगीतिक क्षेत्रमा फर्किएकी छिन्।
गायिका संग्रौलाले आप्mनै शब्द र संगीतमा म्युजिक भिडियोसहित हालै यो गीत सार्वजनिक गरेकी हुन्। शब्द रचना र संगीतमा गायिका संग्रौलालाई विशालले सहयोग गरेका छन्। उनले यो गीतको म्युजिक भिडियो आप्mनै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमाथि विशाल पाण्डेले म्युजिक भिडियो निर्माण गरेका छन्। भिडियोमा रोजी कोइराला र कृष्णराज पाण्डेले अभिनय गरेका छन् भने विशाल पाण्डे र निरोज रापालले छायांकन गरेको भिडियो विशालले निर्देशन गरेका छन्। कोरियोग्राफी मेनका कोइराला र अनुश्का कोइरालाले गरेका छन्।
सीमा बाल्यकालदेख नै गीत–संगीत क्षेत्रमा मोहित थिइन्। जसलाई मूर्त रूप दिन विद्यालयका कार्यक्रमहरुमा गी गाउँथिन्। धरानकी उनी माध्यमिकस्तरीय शिक्षा धरानमै पूरा गरेपछि काठमाडौं आइन् र गीत गाउन थालिन्। उनले के नै रुनु छ बोलको गीत सफल भएपछि गीत–संगीत करियरलाई उत्साहका साथ अगाडि बढाएकी थिइन्। सो गीतमा कालीप्रसाद बास्कोटाको शब्द र संगीत थियो। ५० भन्दा बढी गीत गाईसकेकी सीमाले कल्याण सिंहको संगीतमा गाएको जितेर मेरो मन, आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीतमा गाएको यो वैंशभित्र के छ बोलको गीत चर्चित छन्। यो वैंशभित्र के छ बोलको उनको गीतमाथि चर्चित फिल्म निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको म्युजिक भिडियोसमेत तारिफ पाएको थियो। गायक सनुप पौडेल र फिल्म निर्माता निर्देशक मिलन चाम्सको सहयोगमा आजको दिनसम्म आइपुग्न सफल भएको बताउने सीमा आगामी दिनमा गीत–संगीतलाई नै निरन्तरता दिने बताउँछिन्। उनले केही एल्बम पनि बजारमा ल्याइसकेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्