आयो जाले रुमाल



ताप्लेजुङ, (नेस)

गायक–गायिका वीरेन्द्र श्रेष्ठ र मेलिना राईद्वारा स्वरवद्व गीत जाले रुमालको बुधबार सार्वजानिक भएको छ।
म्युजिक भिडियो इनाक्सी इन्टरटेनमेन्ट युट्यब च्यानलबाट सार्वजानिक गरिएको हो।

भीम विष्टको शब्द रचना र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा पल साह, रियाशा दाहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मालगायतलाई फिचरिङ गरिएको छ। म्युजिक भिडियो गम्भीर विष्टको निर्देशनमा तयार भएको हो।

लोकलयमा आधारित जालेरुमाल प्रेमिल र मिठासपूर्ण रहेकाले यसको म्युजिक भिडियोलाई आम स्रोता तथा दर्शकले रुचाउने र चर्चायोग्य हुनेमा आफू विश्वस्त रहेको गायक श्रेष्ठले बताए।

जलविद्युत्को क्षेत्रमा काम गर्दै आएका इन्जिनियर श्रेष्ठ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा मेहनतका साथ लागि परेका छन्। उनको स्वरमा यसअघि आएका हिउँ प¥यो फुरुरु, घर हाम्रो लेकैमा, पिरिमको बाढीलगायतका गीत चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्