लमजुङमा यात्रुबाहक बस दुर्घटना एकको मृत्यु


शिक्षा पन्त, लमजुङ  ।
लमजुङको उदीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बेसीशहरबाट खत्रीठाँटी जाँदै गरेको ग.१ ख ६५०१ नम्बरको यात्रुबाहकबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो भने चारजना घाइते भएका छन् ।

शनिबार राती पौने ८ बजे बेसीशहर नगरपालिका– १ डुडखोलामा बस दुर्घटना भएको हो । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार दुर्घटनामा परी बेसीशहर नगरपालिका–१ धिमिरेका अन्दाजी २६ वर्षका अर्जुन परियारको मृत्यु भएको हो ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते बेसीशहर नगरपालिका– ४ पुरानकोटका मनोज गुरुङ र राईनास– ८ का सुदीप नेपालीलाई थप उपचारका लागि चितवन लगिएको डिएसपी थापाले बताउनुभयो ।

दुर्घटनामा सामान्य घाइते भएका बेसीसहर नगरपालिका– ४ पुरानकोटका दीपेन्द्र गुरुङ र प्रकाश बुढाथोकी लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।