काठमाडौं । चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् ।
भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ११ पुरूष र ६ महिलामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरू २४ देखि ६८ वर्षसम्मका छन् ।
यस्तै राप्ती–४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
प्रतिक्रिया