ई–सेवा र फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

14
Shares

काठमाडौं, (नेस)

बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुचारू भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा शुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निषेधाज्ञा हटेसँगै यो योजना पुनः सुचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु हुनेछ । योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइनेछ । यस्तो छुट अधिकतम ३ सयसम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला ई–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना शुरू गरेका हुन् ।