ग्रामीण भेगका ज्येष्ठ नागरिकको सम्मान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

ज्येष्ठ नागरिकहरू कोरोना संक्रमण र लकडाउनका कारण स्वास्थ्य सुरक्षाका लागि घरभित्रै थुनिएर बस्न बाध्य छन् । बिहीबार ३०औं ज्येष्ठ नागरिक दिवस भर्चुअल माध्यमबाट मनाइयो ।

ज्येष्ठ नागरिकको सम्मानमा २०५१ सालमा स्व. मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा शुरू गरिएको १ सय रुपियाँ भत्ता २७ वर्षमा पुग्दा ३ हजार पुगेको छ । यो सकारात्मक र ग्रामीण भेगका ज्येष्ठ नागरिकको वास्तवमै सम्मान भएको चेतनाथ कनेलले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई विशेष गरी उहाँहरूको समय, अनुभवको सम्मान गर्दै सीप सिक्ने, सामग्री तयार पार्ने र बजार व्यवस्थापन गर्ने हो भने अत्यन्तै फलदायी हुने र परिवारमा सबैको समान सक्रियता देखिने कनेलले बताउनुभयो ।

पछिल्लो जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २७ लाख जनसंख्या ज्येष्ठ नागरिक भएको उल्लेख गरिएको छ ।

सोही अवसरमा मनोपरार्मशकर्ता डा. नरेन्द्र ठगुन्नाले कोरोना संक्रमणका कारण ज्येष्ठ नागरिक धेरै ठूलो संकटमा रहेको र मानसिक समस्यामा छन् भन्ने विश्वले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ । नेपालमा पनि कोरोनाका कारण जति प्रभावित हुनुभएको छ ज्येष्ठ नागरिक ६ प्रतिशत भएको उल्लेख गर्नुभयो ।

सामान्य अवस्थाको व्यक्तिभन्दा ज्येष्ठ नागरिक बढी प्रभावित भएको डच पपुलेसनमा गरेको अध्ययनले देखाएको छ।