एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रतिएमबीसम्ममा पाइने

0
Shares

काठमाडौं, (नेस)
एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।
यो योजना असोज १४ देखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरूलाई ध्यानमा राखी सुलभ दरमा सेवाप्रदान गर्न यो योजाना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरूप डेटाको शुल्क अझ सुलभ हुँदै जाने भएको छ । यदि ग्राहकले पेएजयूगोअन्तर्गत एक हप्तामा डेटाका लागि २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ प्रतिएमबी पर्दछ ।
एक हप्तामा ग्राहकले २० देखि ५० सम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ मा झर्दछ । त्यसैगरी यदि ग्राहकले एक हप्तामा ५० भन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ ।
सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरू सबैभन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पु¥याउने विश्वास एनसेलले लिएको छ ।