सेवारो सार्वजनिक



गायक गायिका ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा ज्यानै हाजिर भो बोलको सेवारो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
राजन मुकारुङको शब्द रचना तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ। थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो ओरजिनल नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। लिम्बु संस्कार र संस्कृतिलाई रमाइलो ढंगले प्रस्तुत गरिएको भिडियोमा ब्रबिम शेर्मा, इक्शा मादेन र पुष्पा लिम्बुले अभिनय गरेका छन्। किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियो भूपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्