कोरोनापछि चीनमा फैलियो ‘बबोनिक प्लेग’, आपतकाल घोषणा


बेइजिंग (एजेन्सी) । 

चीनमा कोरोना भाइरसपछि बबोनिक प्लेग फैलिएपछि देशको दक्षिण पश्चिम क्षेत्रमा आपतकालिन स्थिति लगाएको छ ।

यसबीच ३ बर्षका एक बच्चा प्लेगको चेपटामा आएको छ । ती बच्चा चीनको युनान प्रान्तको मेंघाइ काउन्टीका हुन् । चीनमा विगत सप्ताहमा प्लेग फैलिरहेको केही घटनाहरु अगाडी आएको थियो तर यसको पुष्टी आइतबार मात्रै भयो ।

बच्चाको स्थिर बताइएको भएपनि चिनियाँ प्रशासनले उक्त इलाकामा चौथो स्तरको आपतकालिन स्थिति घोषणा गरेको छ । प्रशासनले कारोना भाइरस जस्तै अर्को महामारी फैलिन नदिन आपतकालिन स्थितिको घोषणा गरिएको जनाएको छ । यसअघि युनानमा प्लेग संक्रमित तीन वटा मुसा मृत अवस्थामा फेला परेका थिए ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार मेंघाइको सिडिंग गाउँमा मुसाको प्रसार रोक्न निर्देशन जारी गरेको छ । यसअघि अगस्टमा उत्तरी मंगोलियामा प्लेग फैलिएको घटना बाहिर आएको थियो । यी घटना बाहिर आएपछि देशब्यापी तेस्रो स्तरको चेतावनी जारी गरिएको थियो । मंगोलियामा पनि प्लेगका २२ संदिग्ध घटना देखिएकोमा ६ वटा पुष्टि भएको थियो ।

बबोनिक प्लेग ब्याक्तेरिया संक्रमणका कारण हुन्छ । यो प्राणघातक पनि हुनसक्छ । यद्यपी यसका लागि एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ । तस्रो स्तरको चेतावनीपछि प्लेग फैलाउने जनावर खानमा रोक लगाइएको छ । सन् २०१७ मा माडागास्करमा बबोनिक प्लेगका ३ सय संक्रमण भेटिएको थियो ।