सेनाको निर्माण गाउँपालिकालाई

0
Shares

रसुवा, (नेस)

सेनाले निर्माण गरेका सामग्री गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुर्पु तामाङलाई जिम्मा लगाइएको छ । आइतबार एक कार्यक्रम गरी ६ न. वाहिनीको बाहिनी पति सुनील श्रेष्ठले गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनाको कालिजंग गणले बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको २.५८ किमि बाटो निर्माण गरेको छ । सेनाले गोसाइँकुण्ड जाने बाटोको दायाँ–बायाँमा फलामे रेलिङ लगाएको छ ।

त्यस्तै चोलाङ पार्टीमा प्रतीक्षालय निर्माण गरेको छ । गोसाइँकुण्ड बटोमा गेटहरू र बुद्ध मन्दिरसमेत सेनाले निर्माण गरेको बाहिनी पति सुनील श्रेष्ठले बताउनुभयो ।