सारा थिइन् सुशान्तको प्रेममा

0
Shares

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणले विभिन्न विवादित रूप लिँदै गर्दा बलिउड फिल्म उद्योग तथा बलिउड कलाकारहरू लागूऔषध विवादमा जोडिएका छन्।

लागूऔषध प्रयोगको मामलामा एनसीबीले बलिउडका टप अभिनेत्री दीपिका पादुकोणदेखि सारा अली खान, रकुलप्रीत सिंह, श्रद्धा कपुरसँग सोधपुछ गर्नुका साथै उनीहरूको मोबाइलसमेत बरामद गरेको छ। यही बीच अभिनेत्री सारा अली खानले बयानको क्रममा आफू सुशान्तको प्रेममा रहेको खुलाएको केही भारतीय सञ्चारमाध्मयमले जनाएका छन्।

साथै साराले आफूहरूको ब्रेकअप हुनुका कारण पनि खुलाएकी छिन्। नवभारत टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार साराले भनेकी छिन्– ‘हामी डेटमा रहेको भए पनि सुशान्त भने यो सम्बन्धप्रति लोयल थिएनन्। यस्तै कारणहरूले हामी बीच ब्रेकअप भएको थियो।’ फिल्म केदारनाथमा सुशान्तसँगै काम गरेकी साराले भनेकी छिन्– ‘सुशान्तले सधैं मलाई अफर आएका फिल्ममा आफूलाई पनि साइन गराउनका लागि फिल्ममेकरलाई कन्भिन्स गराउन जोड गर्थे।’

केही दिनअघि सुशान्तसिंह राजपुतका साथी स्यामुअल हाओकिपले सामाजिक सञ्जालमा सारा र सुशान्तबीच प्रेम सम्बन्ध रहेको भन्दै एक पोस्ट गरेका थिए। त्यसपछि सारा र सुशान्तबीचको प्रेम सम्बन्धबारेको चर्चा चलेको थियो। सुशान्तका साथीले एक अन्तर्वार्तामा सारा र सुशान्तबीच समझदारी रहेको र एक–अर्काबीच निकै प्रेम रहे पनि पछि ब्रेकअप भएको र सुशान्त अर्की अभिनेत्री रिया चक्रवर्तीका साथ प्रेम गर्न थालेको बताएका थिए।