उपत्यकामा थप ८१७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ३२४ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ८१७ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

हालसम्म काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।