न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै, संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।
हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन् ।











प्रतिक्रिया