न्युज अफ नेपाल, काठमाडौं ।
एकैदिन थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा १ महिला र ९ पुरुष गरी १० जना रहेका छन् । बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।











प्रतिक्रिया