न्युज अफ नेपाल, काठमाडौं ।
आज काठमाडौं उपत्यकामा थप ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ । काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन्।











प्रतिक्रिया