गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

गोरु काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र वर्ष २७ कै टिकाराम दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श िनबार बिहान ८ बजे झापाको अर्जुनधारा–५ स्थित बैसाबारीमा गोरु काटेर खाएको उनीहरुमाथि प्रहरीको आरोप छ ।

गोरु काटेर खाई टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी पाएलगत्तै प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको जिल्लाका डिएसपी राकेश थापाले जनाउँनुभयो । उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारिएको र पक्राउ परेका तीनै जनाविरुद्ध कारबाही अगाडी बढाईएको डिएसपी थापाले बताउँनुभयो ।