कर्णालीमा चार अभियुक्त पक्राउ

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तरगतका प्रहरी कार्यालयहरुले विभिन्न मुद्धाका चार जना अभियुक्तहरुलाई पक्राउ गरेका छन ।

अदालतको फैसला कार्यान्वयनका क्रममा सवारी ज्यानमुद्धा, कर्तब्य ज्यान र वहुविवाहका ४ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सवारी ज्यानमुद्धाका १ जना, जिल्ला प्रहरी कार्यालय दैलेखले वहुविवाह मुद्धाका २ जना र जिल्ला प्रहरी कार्यालय मुगुले कर्तब्य ज्यान मुद्धाका १ जनालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । बास्तोलाले पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित अदालतसमक्ष पेश गरिएको वताउनुभयो ।

विप्लव कार्यकर्ता पक्राउ

डोल्पाको जगदुल्ला गाँउपालिकावाट चन्दा रकम मागीरहेका विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गाँउपालिकामा संचालित विभिन्न सरकारी तथा गैर सरकारी योजना तथा कार्यक्रमहरुवाट प्रतियोजना २ प्रतिशतका दरले सहयोग मागीरहेका गोविन्द महतारा (सिमान्त) लाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानियको सुचनाका आधारमा हरेक योजनावाट २ प्रतिशत पार्टीलाई चन्दा स्वरुप सहयोग मागिरहेकोजगदुल्ला गाँउपालिका ४ वस्ने ५२ वर्षीय गोविन्द महतारा (सिमान्त) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथवाट सहयोग पत्र, सहयोग रसिद लगाएका कागजात वरामत गरिएको छ ।