कोरोना संक्रमणबाट धादिङमा एक सुत्केरीको मृत्यु

0
Shares

धादिङ ।

कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएकी धादिङकी एक सुत्केरी महिलाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३१ वर्षीया महिला रहेको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभएको छ ।

ती गर्भवती महिलालाइ सुत्केरी व्यथा लागेपछि प्रशुती गृह पठाइएको थियो । सोही अवस्थामा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको सुत्केरी अवस्थामै मृत्युभएको हो ।

योसंगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो । सुत्केरीको मृत्यु भएपछि कन्ट्याकटे«सिङ समेत भएको छैन ।

यसअघि नीलकण्ठ नगरपालिका– १४ का ३२ वर्षीय पुरुष र सिद्धलेक गाउँपालिका –६ का ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । रसुवाका एक पुरुषको समेत धादिङमा मृत्यु भईसकेको छ ।