गोरखापत्रलाई कारण देखाऊ आदेश

0
Shares

काठमाडौं, (नेस)
सर्वोच्च अदालतले गोरखापत्र संस्थानका प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि असोज १४ गते बोलाउने आदेश दिएको हो ।

गोरखापत्रका प्रबन्ध सम्पादक हरिकला अधिकारीले पत्रकारिता सेवामा आफू ११ तहको हुँदाहुँदै आफूभन्दा कनिष्ठ तह १० को दरबन्दीमा रहेका श्रीधर आचार्यलाई निमित्त प्रधान सम्पादक बनाएको भनी सर्वोच्च अदालतमा भदौ ३१ मा उत्प्रेषणयुक्त परमादेशका लागि रिट दायर गर्नुभएको थियो ।

आचार्य निमित्त प्रधान सम्पादक नियुक्त भएलगत्तै तह–१० मा उहाँभन्दा वरिष्ठ अच्युत अधिकारीले पदबाट राजीनामा दिनुभएको थियो ।