काठमाडौं उपत्यकामा थप ७५५ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ७५५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १५ हजार ७सय ७४, ललितपुरमा १ हजार ८ सय २६ र भक्तपुरमा १ हजार ७ सय ३९ संक्रमित पुगेका छन्।