आज थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, ४५७ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज ४५७ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।