नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता

0
Shares

न्यु अफ नेपाल, काठमाडौँ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । आज बिहान साढे ११ बजे अध्यक्षद्वयबीच २ घण्टाभन्दा लामो छलफल चलेको हो ।

छलफलमा मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक नियुक्तिको बारेमा कुराकानी भएको स्रोतले बताएको छ । केही दिनअघि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन्, संवैधानिक नियुक्ति, पार्टी एकताका काम लगायत कामहरू सहमतिमा अघि बढाउने निर्णय भएको थियो ।

यस्तै, आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।