खोलामा सवारी साधन सहित चालक बेपत्ता


घनश्याम बगाले, नवलपरासी ।

विनयी त्रिवेणीको सुनही खोलाले बगाउदा बुधबार बेलुका सवारी साधन सहित चालक बेपत्ता भएकाछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा कावासोती ८ नयां बजारका २६ वर्षीय नेत्रलाल भूर्तेल रहेकाछन् ।

भूर्तेलले चलाएको ना ३ च १५९४ नम्वरको छोटाहात्ती भनिने मिनीट्रकलाई विनयी त्रिवेणी ३ मा पर्ने सुनही खोलाले बगाएको थियो ।

सोही गाडीमा सवार कावासोती ८ लालीगुरास बेकरीका सेल्समेन बर्दघाट १६ कुकुरमाराका ५३ वर्षीय धन बहादुर गुरुंगलाई भने स्थानीयले सकुसल उद्धार गरेका थिए ।

बेपत्ता चालक र सवारीको प्रहरी र स्थानीयले खोजतलास जारी राखेको र घटनाबारे अनुसन्धान भईरहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।