झोलामा अवैध आखेटोपहार


कास्की, (नेस)

पोखराबाट अवैध बाघको छाला, शालकको खपेटा तथा आखेटोपहारसहित १ जना पक्राउ परेका छन् । प्रहरीले जाँच गर्ने क्रममा जेब्रा झोलामा अवैध सामान भेटेको हो ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले अवैध सामग्रीसहित २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको थियो ।

धादिङको गल्छी गाउँपालिका–४ घर भएका लामिछानेलाई प्रहरीको टोलीले पोखरा–३१ शिशुवाबाट वनपोखरीतर्फ जाँदै गर्दा साँझ करिब साढे ६ बजेको समयमा प्रदेश नं ३–०२–०११प ७८०६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बतायो ।

प्रहरीले उनको साथबाट बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी ३ किलो ७ सय ५० ग्राम बरामद गरेको छ ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिÞल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।