बामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

0
Shares

विकास भट्टराई,काठमाडौं ।

राष्ट्रिय सभा सदस्यको रुपमा मनोनयनमा परेका नेपाल कम्युनिष्ट पाटी नेकपाका उपाध्यक्ष्य बामदेव गौतमलाई पदअनुसारको जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्द मोहन भटटराईको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि गौतमलाई कामकाज गर्न बाट रोक्न आदेश दिएको हो । गैर संबैधानिक रुपमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको दाबी गरी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट निवेदन दायर गर्नु भएको थियो ।