उमेर थपिएका पञ्चानब्बे वर्षका मान्छे


कृष्णहरि बास्कोटा

मेरा पिताश्री हरिहर बास्कोटा वि.सं. १९८३ असोजमा जन्मिनुभएको हो । हाल उहाँ ९५ वर्षको नजिकमा हुनुहुन्छ । उहाँको नाता र जातभातसम्बन्धी पक्षहरु घत लाग्दा रहेका छन् । बाबु–छोराबीच भएका कुराकानी त्यसबखतको नेपाल बुभ्mन पाठकहरुलाई पनि उपयोगी हुने ठानी सार्वजनिक गर्दै छु ।

बास्कोटाको वंशमा दिवाकर बास्कोटा धादिङको केवलपुरमा बसाइँ सरेर आउनुभयो । उहाँका छोरा रेवतीरमण बास्कोटा अमिनीको लेप्टेन हुनुहुन्थ्यो । जागिरको सिलसिलामा उहाँ जनकपुरमा रहँदा छोरा सिद्धिप्रसाद बास्कोटाको जन्म भयो । हुर्किएपछि उहाँ चन्द्र शमशेरको भण्डारे खरिदार हुनुभयो । तर सिद्धिप्रसादका पिता रेवतीरमणको ३६ वर्षको अल्पायुमै मृत्यु भई उहाँ टुहुरो हुन पुग्नुभयो ।

सिद्धिप्रसादको १२ वर्षको उमेरमा रुपिंग, धादिङका अधिकारीकी छोरीसँग विवाह भयो । यस विवाहबाट सिद्धिप्रसादका दुई सन्तान जन्मिए । छोरा रामजीप्रसाद बास्कोटा र एक छोरी । छोरीको विवाह रुपाखेती परिवारमा भयो । छोरा रामजीको विवाह मान्खुकी कन्यासँग भयो ।

जागिरको सन्दर्भमा सिद्धिप्रसाद काठमाडौंको तीनधारा पाकशालामा घर किनेर बस्नुभयो । श्रीमती केवलपुरमा छोराछोरी हुर्काउन थाल्नुभयो । यसै बखत उहाँको जीवनले कोल्टे फे¥यो । सिद्धिप्रसादले काम गर्ने चन्द्रशमशेरको दरबारमा एकजना खड्का थरका आठपहरिया थिए । उनले एकदिन सधैँ एक्लै जीवन बिताउने कि नयाँ घरजम गर्ने खरिदार साहेब भनी विवाहका लागि प्रस्ताव गरे । मेरो बुबाको सम्झनामा ती आठपहरिया खड्काले आफ्नै छोरी वा बहिनी वा नजिकको नाताका खड्काकी छोरी खरिदार सिद्धिप्रसादको जिम्मा लगाइदिए ।

खड्काकी छोरी अर्थात् सिद्धिप्रसादकी दोस्री श्रीमतीतिरबाट एक छोरा र एक छोरी जन्मिए ।
सिद्धिप्रसादको जीवनमा पुनः एउटा नयाँ मोड आयो । तीनधारा पाकशालाको घरजग्गा सरकारले अधिग्रहण गरी सरकारी पाकशाला सञ्चालन गर्ने निर्णय ग¥यो । यसको केही समयपछि सिद्धिप्रसादको खरिदार जागिर पनि सकियो । त्यसपछि उहाँले आप्mना पिता रेवतीरमणले केवलपुरमा निर्माण गर्नुभएको साबिकको पुरानो घर भत्काउनुभयो । महाँकाल देवताको वारिपारि दुईवटा एउटै नक्साका घर निर्माण गर्नुभयो । सिद्धिप्रसाद कान्छी श्रीमतीतिर बस्नुभयो । जेठी श्रीमती आप्mना छोरा रामजीप्रसाद र बुहारीसँग बस्न थाल्नुभयो ।

पछि रामजीप्रसाद जागिरे हुनुभयो । उहाँहरुका छोरा झंकप्रसाद र तीन छोरी भए । झंकप्रसाद अर्थात् मेरो बुबाको दाजु २०७६ सालमा परलोक हुनुभयो । उहाँका ५ छोरा मुकुन्द, बासु, बलराम, कृष्ण र माधव तथा ३ छोरी छन् ।
सिद्धिप्रसादकी कान्छी श्रीमतीका तर्फबाट छोरा पूर्णप्रसाद बास्कोटा र छोरी तुलसादेवी बास्कोटाको जन्म भयो ।

सिद्धिप्रसाद पढेलेखेका र जागिर खाएका भएकाले जेठी श्रीमतीतर्फका छोरा रामजी र कान्छी श्रीमतीतर्फका छोरा पूर्णप्रसाद बास्कोटालाई दरबार स्कुलमा पढाउन भर्ना गर्नुभयो । अब पूर्णप्रसाद बास्कोटा दरबार स्कुलको अंग्रेजी पढाइमा आईए पास गरी बीए पढ्न थाल्नुभयो । उहाँको राणाका छोराहरुसँग संगत थियो । एकजना राणाको छोरा अर्थात् उहाँको साथी टुँडिखेलमा बिहान आर्मीको कवाज कोर्समा सामेल भए । तिनले आप्mना बाबुलाई सोर्सफोर्स लगाएर पूर्णप्रसादलाई पनि आर्मीको कवाज कोर्समा भर्ना गराउन सफल भए । पूर्णप्रसाद आर्मीको कवाज कोर्स पूरा गरी सेनाको सेकेन्ड लेफ्टिनेन्ट हुने चाँजोपाँजो मिल्दै गयो ।

पूर्णप्रसादको केवलपुरमा सात वर्षकै उमेरमा व्रतबन्ध भएको थियो । १०–११ वर्षमा विवाहको कुरा उठ्यो । उहाँका बुबा बाहुन र आमा क्षत्री भएकाले विवाहमा कसकी छोरी माग्ने भन्ने केही असुविधा बुबा सिद्धिप्रसादलाई पर्नु स्वाभाविकै थियो । यसै बीच केवपुरका थापा क्षत्रीहरुले आर्थिक कमजोरीका कारण आप्mना छोरी दिने आँट नगरेर केवपुरबाट ५–६ घण्टा टाढाको ढुंगनटारकी जुँगे भण्डारीकी छोरी विवाहका लागि खोजिदिए । ती छिमेकी थापा क्षेत्रीहरुले जुँगे भण्डारीलाई हामी पूर्णप्रसादको घरमा गएर खान्छौं, पानी चल्छसमेत भनेर सोर्सफोर्स लगाएका थिए । ती जुँगे भण्डारी पनि सिद्धिप्रसादको सम्पत्ति देखेर आप्mनी छोरी पूर्णप्रसादलाई दिन राजी भए ।

यसै बीच सिद्धिप्रसादले जुँगे भण्डारीलाई कति जना जन्ती ल्याऊँ भनी सोधनी गर्नुभयो । जुँगे भण्डारी पनि के कम हुनुहुन्थ्यो र ? उहाँले जवाफ फर्काउँदै जति जना ल्याए पनि हुन्छ भनिदिनुभयो । तब ५ सय जना जन्ती गए । आएका जन्तीलाई जुँगे भण्डारीले पटक–पटक खाना पकाएर खुवाउनुभयो ।

अर्को दिन बिहान जन्तेबाख्रो दिनुपर्ने प्रचलनअनुसार चामलसहितको सामग्री जन्तीलाई दिए । रातभरि गाउँभरिका महिलालाई डाकेर सालको पातको टपरी गाँस्न लगाए । तर पनि जन्तीको संख्यामा टपरी उपलब्ध गराउन नसकेको टिप्पणी भयो । जन्ती पनि के कम ? सालको पात टिपेर आफंैले टपरी गाँसी जन्तेबाख्रो खाए । कत्तिले त केराको सुप्लामा खाए । सिद्धिप्रसादले केवलपुरमा ८–१० वटा खसी ढाल्नुभयो । यसरी डाँडै हल्लिने गरी धुमधामसँग विवाह भएको थियो ।

पूर्णप्रसाद आप्mनो बीएको पढाइसँगै आर्मीको कवाज पनि सिक्दै हुनुहुन्थ्यो । अचानक उहाँलाई चिसोले गर्दा रुघाखोकी र ज्वरोले सतायो । सबैले ज्वानुको झोल पिउन सल्लाह दिए । डेरामा दाइ रामजीप्रसाद र भाउजूले ज्वानुको झोल बनाएर आफुले पनि पिउनु भयो, पूर्णप्रसादलाई पनि पिउन दिनुभयो । मेरो बुबाले सुनेअनुसार यही ज्वानुको झोलमा हालिएको गरम मसलाले उहाँको शरीरको भित्री भागमा निकै गर्मी ग¥यो । यसबाट पूर्णप्रसादलाई टीबी रोग लाग्यो ।

पूर्णप्रसादको एक छोरा जन्मिए । ती छोरा हरिहर बास्कोटा, जो मेरो बुबा हुनुहुन्छ र उहाँकै सम्झनामा आधारित यो आलेख तयार गर्दै छु । टीबी लागेका पूर्णप्रसादलाई काठमाडौंमा उपचार सफल नभएपछि हावापानी फेर्न केवलपुर ल्याइयो । त्यहाँ करिब २२–२३ वर्षकै कलिलो उमेरमै उहाँको देहावसान भयो । त्यस बखत, मेरो बुबा मुस्किलले २ वर्षको हुनुहुन्थ्यो ।

मेरो बुबा हरिहर बास्कोटामाथिको वज्रपात यत्तिमा टुंगिएन । यसको करिब ३–४ वर्षमा उहाँकी आमा नन्दकुमारी पनि परलोक हुनुभयो । त्यसपछि मेरो बुबा हरिहर बास्कोटा पूर्णतः टुहुरो नै हुनुभयो । अब उहाँ हजुरबुबा सिद्धिप्रसाद र हजुरआमाको लालनपालनमा हुर्किन थाल्नुभयो । सिद्धिप्रसादको हाकढाक भने यथावत् नै थियो ।

उहाँ ठूला बाजे उपनामले केवलपुरमा प्रख्यात हुनुहुन्थ्यो । केवलपुरमा मेरो बुबा हरिहर बास्कोटाको शिक्षा घरमै आरम्भ भयो । ठूलो बुबाहरुले बाह्रखरी, जोड–घटाउ सिकाउन थाल्नुभयो । सानै उमेरमा व्रतबन्ध गर्ने प्रचलनअनुसार ब्रतबन्ध पनि भयो । मेरो बुबाको ठूलो बुबा रामजीप्रसादको पहलमा वि.सं. १९९२ मा खुलेको केवलपुर पाठशालामा मेरो बुबा पहिलो ब्याचको विद्यार्थी भएर पढ्न थाल्नुभयो ।

बुबा करिब १२ वर्षको हुँदा हजुरबुबा सिद्धिप्रसादको देहावसान भयो । यसको करिब २ वर्षपछि हजुरआमाको पनि परलोक भयो । अब बुबा जीवनमा पूरै एक्लै हुनुभयो । सो बखत सिद्धिप्रसादकी छोरी तुलसादेवी, जो मेरो बुबाको फुपू हुनुहुन्थ्यो, केवलपुर आउनुभयो । उहाँले १३ दिनको काजक्रिया सम्पन्न गरी मेरो बुबालाई एक वर्ष चोखो भएर बरखी बार्ने गरी सबै कुरा सम्झाएर फर्किनुभयो । सो अनुरुप मेरो बुबाले हजुरआमाको एक वर्ष बरखी बार्नुभयो ।

हजुरआमाको बरखी सकिएपछि बुबाको जीवनमा एकाएक परिवर्तन आयो । उहाँलाई फुपूले काठमाडौं ल्याउनुभयो । बुबाको पु्mपू तुलसाको विवाह सिद्धिप्रसादले झिल्टुंग, नुवाकोटका देवीबहादुर कुँवरसँग गराइदिनुभएको थियो । जो झिल्टुंगका निकै धनी हुनुहुन्थ्यो । उहाँको ३ सय मुरी धान बिर्तामा आउँथ्यो । उहाँको पहिलो श्रीमतीतर्फ ३ छोरा र एक छोरी थिए ।

छोरीको विवाह भैसकेको थियो । पहिलो श्रीमती बितेकाले देवीबहादुरले तुलसादेवीसँग दोस्रो विवाह गर्नुभएको थियो । सो बखत उहाँ जुद्ध शमशेरको डिठ्ठा हुनहुन्थ्यो । मेरो बुबाले स्मरण गरेअनुसार उहाँ विवाहको जग्गेमा चाँदतोडा लगाएर नै प्रस्तुत हुनुभएको थियो । यसरी विवाह भएकी फुपूका तीन छोरा गणेश, कृष्ण र शिव कुँवर मेरो बुबाका भाइ र दौंतरी भए ।

मेरो बुबाको फुपूले उहाँलाई काठमाडौं ल्याएर आप्mना सौतातर्फका ३ छोराहरुसँगै राखेर हुर्काउनुभयो । उहाँले पहिला हाकु पाठशालामा पढाउनुभयो । पछि मखनटोलका मोहनमान श्रेष्ठकहाँ ५ पासको पढाइका लागि भर्ना गरिदिनुभयो । ३–४ वर्षको अवधिमा बुबाले निजामती मध्यमा परीक्षा उत्तीर्ण गर्नुभयो । सो बखत बास्कोटा परिवारमा सरदार सोमप्रसाद बास्कोटा उच्च ओहदामा हुनुहुन्थ्यो । उहाँको सहयोगमा मेरो बुबा कुमारीचोक मधेस पहिला फाँटको नौसिन्दामा नियुक्ति हुनुभयो ।

पाँच पास हुने, राणाको चाकडीमा निस्कने, नौसिन्दाको जागिरको पहल गर्ने र विवाह गर्ने क्रम बुबाको लागि एकैपटक पर्न गयो । बुबाको फुपूको सौताकी छोरीको विवाह नुवाकोट कविलासका महतसँग भएको थियो । उहाँले बुबाको विवाहका लागि कविलासकै कुँवरकी छोरीको प्रस्ताव ल्याउनुभयो । चाँजोपाँजो मिलेकाले बुबाको विवाह उनै कुँवरकी छोरी (मेरी आमा) भोजकुमारीसँग भयो ।

विवाहपछि बुबाले किलागलमा डेरा लिई जिन्दगी बिताउन थाल्नुभयो । उहाँले वि.सं. १९९९ मा नौसिन्दाको जागिर आरम्भ गर्दा उहाँको मासिक तलब ११ रुपियाँ थियो ।

त्यसपछि फुपाजुको नोकरी अवकाश भएकाले फुपूसहित उहाँको परिवार २००३ सालमा झिल्टुङतर्फ प्र्रस्थान भयो । बुबाले प्रत्येक वर्षको तिहारको टीका उनै तुलसादेवी फुपूको हातबाट लगाउनुहुन्थ्यो । उहाँ फुपू भेट्न झिल्टुङ गैरहनुहुन्थ्यो । बुबालाई कर्मपथमा डो¥याउने उनै फुपू हुनुहुन्थ्यो, जसले मेरो बुबालाई आफैंसँग राखेर हुर्काउनुभयो, पढाउनुभयो । असल कन्या खोजेर विवाह गरी घरबास गराइदिनुभयो ।

सम्भवतः मेरो बुबाको फुपूको हृदयले भन्यो होला, ‘अब मैले भदालाई गर्न बाँकी छैन, म बिदा भए पनि हुन्छ ।’ जसअनुसार वि.सं. २००६ मा तुलसादेवीले यो धर्ती छोडेर परलोक जानुभयो । यसरी २३ वर्षको उमेरमा क्रमशः आफ्नो बुबा, आमा, हजुरबुबा, हजुरआमा र फुपूसमेतलाई गुमाई मरो बुबा शतप्रतिशत टुहुरो हुनुभयो । आज मेरो बुबा हरिहर बास्कोटा ९५ वर्षको संघारमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरा अग्रजहरु अल्पायुमै बितेर मलाई उहाँहरुको आयु थपिदिनुभएको हो, जसको कारण म ९५ वर्षको उमेरमा पनि विनासहारा ठमठम हिँडिरहेको छु, इच्छाअनुसारको खाई–लाई गरेर परिवारसँग ऐस–आरामको जिन्दगी बिताइरहेको छु ।’