पर्वतमा भीरबाट खसेर एक युवकको मृत्यु


न्युज अफ नेपाल, पर्वत।

असोज ६ रपर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो ।

घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।