एकैदिन १७ सयले घट्यो सुनको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।