१०४ केजी गाँजासहित तीन पक्राउ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा प्रहरीले एक सय ४ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार विहान करिब ३ बजे प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरीले गाँजा बरामद गरी अभियुक्तहरु पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक हीरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मकवानपुरको मनहरी गापा–६ स्थित लोथर खोला बगरको बाटोमा उनीहरुलाई पक्राउ गरेको हो ।

राक्सिराङ गापा–९ बस्ने वर्ष २६ का कपिल भनिने रुप खड्का ठकुरी, वर्ष ३० का टलकबहादुर घलान र वडा–४ बस्ने वर्ष २७ का मदन कोइरालालाई पक्राउ गरिएको छ । उनीहरुले बोकेको प्लाष्टिकको बोराको भारी चेक गर्दा लागुऔषध गाँजा १ सय ४ केजी फेला परेको हुँदा उनीहरुलाई गाँजासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।