बोलेरो दुर्घटनामा तीनको मृत्यु


हेटौंडा, (नेस)
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–३ स्थित सरिखेतनजिक झिल्किनीमा सोमबार दिउँसो करिब ३ बजे भएको बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बोलेरो सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप वाइबा, १३ वर्षीय रिजन तितुङको घटनास्थलमा मृत्यु भएको राक्सिराङ पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । दुर्घटनामा घाइते सोही ठाउँका २७ वर्षीय सुरज शाहीको चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा साँझ ६ बजे मुत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
बोलेरोमा चालकसहित ७ जना रहेको बताइएको छ । अन्यको अवस्था सामान्य छ । प्रहरीले बोलेरो चालक राक्सिराङ–५ बस्ने भीषण प्रजालाई नियन्त्रणमा लिएको जनाइएको छ । मनहरी बजारबाट पसलका सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग१ज ७१७५ नम्बर बोलेरो दुर्घटनामा परेको थियो ।