आज थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, १००५ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज १००५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन् भने ८६९० जना होम आइसोलेसनमा छन्।