कोरोना संक्रमणका कारण आज बिहानै थप २ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रौतहट चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिला र कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत बुटवल उपमहानगरपालिका १० का ६९ वर्षीय पुरुष रहेका छन् ।

भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी ६० वर्षीया महिलाको आज बिहान ५ बजे मृत्यु भएका हो । भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ देखिएकी ती महिलालमई उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत थियो । यससँगै, चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

यस्तै, ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको हो। निमोनियाको समस्या समेत रहेका उनी भदौ २२ गते आईसीयूमा चर्ना भएका थिए । यससँगै बुटवलमा मृतकको संख्या ८ पुगेको छ ।