गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ३५१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १५ जनामा संक्रमण देखिएको गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमित हुनेहरुमा नवलपरासीमा ११, पर्वतमा २, स्याङजामा १ र पर्वतमा १ जना रहेका छन् ।

संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा.शर्माले जनाए । यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या ३ हजार ३ सय ५१ पुगेको छ।